न्यायाधीशको निराशा : 'राजनीतिले गर्दा धेरै घाउ लाग्यो '

न्यायाधीशको निराशा : 'राजनीतिले गर्दा धेरै घाउ लाग्यो '

काठमाडौँ : न्यायाधीश अनिलकुमार सिन्हाले राजनीतिले गर्दा धेरै घाउ लागेको बताएका छन्। प्रतिनिधिसभा विघटनविरुद्धको रिटमाथि जारी सुनुवाइमा न्यायाधीश सिन्हाले सह महान्यायाधिवक्ता  पदम पाण्डेयलाई प्रश्न गर्दै यस्तो निराशा पोखेका हुन।

‘धेरै घाउ लाग्यो राजनीतिले गर्दा, त्यही घाउ ठिक गर्न औषधिको रूपमा हामीले संविधान पायौँ।’ उनले प्रश्न गरे, ‘औषधि बनाँऊदा यो यो सामान राखिएको छ भनेर लेखिएको हुन्छ, त्यहीँ लेखिएको भन्दा फरक तत्त्व पनि मिसाइएको छ भनेर शङ्का गरे के हुन्छ?। 

सिन्हाले त्यही घाउ ठिक गर्न औषधिको रूपमा आएको संविधानको दुई वटा शब्दको बिचबाट अर्को शब्द निकालेर मात्रै हुन्छ र भने थप प्रश्न गरे। 

पाण्डेले जवाफमा प्रधानमन्त्रीमा अब शिष्ट अधिकार रहने भन्दै  संविधानमा  लेखेर बाँकी रहेको अधिकार प्रधानमन्त्रीलाई रहेको जवाफ दिएका छन्। 

त्यसपछि न्यायाधीश सिन्हाले, ‘त्यसले भन्न खोजेको अलि बुझिँदैन नि ?’ भन्दै प्रश्न गरे । सिन्हाले न्यायपालिकाले अबिशिष्ठ अधिकार प्रयोग गरेर कार्यपालिकालाई प्रभावित गर्न मिल्छ भन्दै अर्को प्रश्न गरे। जवाफमा पाण्डेले भने, ‘त्यो त पाँईदैन श्रीमान् आ आफ्नो कामको डिफाईन गरिएको छ। कतै डिफाईन नभएको, कतै जिम्मा दिइएको रहेनछ भने कार्यपालिकालाई हुन्छ।’

सहमान्यायाधीबक्ता पाण्डेयको बहस सकिएको छ।

२२ माघ, २०७७, १३:५०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।