११ जिल्लाका प्रहरी प्रमुख फेरिए (सुचीसहित)

११ जिल्लाका प्रहरी प्रमुख फेरिए (सुचीसहित)

काठमाडौं : प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीका ३० जना प्रहरी उपरीक्षक (एसपी) हरुको सरुवा गरेको छ। प्रहरी प्रधान कार्यालयले मंगलबार ३० जना एसपीहरुको सरुवा गरेको हो। जसमा ११ जिल्लाका प्रहरी प्रमुख फेरिएका छन्।

केन्द्रीय अनुसन्धान व्यूरो (सिआइबी) मा कार्यरत आभुषण तिम्सिना जिल्ला प्रहरी कार्यालय सिन्धुली सरुवा भएका छन्। महानगरीय प्रहरी परिसर काठमाडौंमा कार्यरत सोमेन्द्रसिंह राठौर जिल्ला प्रहरी कार्यालय मकवानपुर सरुवा भएका छन्।

उमाप्रसाद चतुरवेदी कञ्चनपुर सरुवा भएका छन् भने दिपेन्द्र शाही बारा, बेलबहादुर पाण्डे पर्साको प्रहरी प्रमुखमा सरुवा भएका छन्।
भुपेन्द्रबहादुर खत्री काभ्रेपलान्चोक, महेन्द्र खड्का धादिङ, लोकेन्द्र बिष्ट बाग्लुङ, सानुराम भट्टराई झापा र सिद्धिविक्रम शाह रौतहटको प्रहरी प्रमुखमा सरुवा भएका छन्। 

 

यस्तै मंगलबार नै प्रहरी प्रधान कार्यालयले ६९ जना प्रहरी नायव उपरीक्षक (डीएसपी) को पनि सरुवा गरेको छ।

२१ पुस, २०७७, २१:०६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।