भक्तपुरमा कार र स्कुटर जुध्दा स्कुटर चालकको मृत्यु

भक्तपुरमा कार र स्कुटर जुध्दा स्कुटर चालकको मृत्यु

भक्तपुर : सूर्यविनायक नगरपालिका‐५ सृजनानगरमा कार र स्कुटर एकापसमा ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ।

जगातीबाट काठमाडौंतर्फ जाँदै गरेको बाग्मती प्रदेश नम्बर ०१ ०३० च ०९९५ नम्बरको कार र विपरीत दिशाबाट आउँदै गरेको बा ७३ प २८३६ नम्बरको स्कुटर एकआपसमा ठक्कर खाँदा स्कुटर चालक रामेछाप लिखु तामाकोशी गाउँपालिका‐४ घर भई हाल काठमाडौं माइतिघर बस्ने २३ वर्षीय सुजन तामाङको मृत्यु भएको हो।

उनको मध्यपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजन कार्कीले जानकारी दिए। स्कुटर पछाडि सवार भक्तपुर सल्लाघारी बस्ने २३ वर्षीय राज तामाङको भने मध्यपुरथिमि अस्पतालमा उपचार भइरहेको छ।

कार चालक सुनसरी धरान उप–महानगरपालिका‐१३ घर भई हाल काठमाडौं कलङ्की बस्ने ३१ वर्षीय आशीष श्रेष्ठलाई पक्राउ गरी प्रहरी वृत जगाती भक्तपुरको हिरासतमा राखिएको छ। घटनाको अनुसन्धान अगाडि बढाइएको उनले जानकारी दिए।

१८ बैशाख, २०८१, १४:१०:२६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।