उकेरा टीभी

बाख्रीआमा, पाठापाठी र ब्वाँसोको कथा !

उकेरा संवाददाता


धेरै पहिलेको कुरा हो बाख्रीआमा आफ्ना सातवटा पाठापाठीहरुसहित एउटा जंगलमा बस्ने गर्थिन्। उनीहरु बस्ने ठाउँ एउटा राम्रो खोर थियो। उनीहरु सबैजना निकै मिलेर बस्ने गर्थे अनि उफ्रिदै खेल्ने गर्थे।

उनीहरुको खोरदेखि नजिकै एउटा ब्वाँसो पनि बस्ने गर्थ्यो । उ निकै धुर्त थियो। उसले कुनै दिन मौका पारेर ती पाठापाठीहरुलाई खाने सोच बनाएको थियो।

एकदिनको कुरा हो बाख्रीआमाले आफ्ना पाठापाठीहरुलाई खोर राम्रोसँग लगाउन अह्राउँदै बाहिर जाँदै थिईन्। उनले पाठापाठीलाई आफु आएपछि मात्र ढोका खोल्नु, अरु कसैले बोलायो भने ढोका नखोल्नु, अनी ढोका खोलेर बाहिर खेल्न पनि नजानु भनेर सम्झाएर गईन्।

पाठापाठीहरु पनि आफ्नो आमाले भनेको मान्ने गर्थे। आमा निस्केपछि ढोका लगाएर उनीहरु खोरभित्रै खेल्न थाले।

यता ब्वाँसोले बाख्रीआमा गएको देखेपछि पाठापाठीलाई खानुपर्यो भन्ने सोंचेर खोरको ढोकामा आयो अनि ढोका ढक्ढकाउँदै पाठापाठीलाई ढोका खोल्न अह्रायो ।

पाठापाठीले त्यो आवाज आमाको हैन भनेर चिनीहाले त्यसैले ढोका नखोली तिमी हाम्री आमा हैनौं भनेंर हामीले चिन्यौं । हामीले ढोका खोल्दैनौं भनेर जवाफ फर्काए ।

ब्वाँसोले अब केही जुक्ती लगाउनु पर्ला भन्दै त्यहाँबाट फर्कियो । अलिक पर गएर उसले मौरीको चाका देख्यो अनि त्यहाँबाट मह निकालेर खाएपछि उस्को आवाज सुरिलो भयो । उ फेरी खोरमा गएर पाठापाठीलाई बोलाउँदै ढोका खोल्न भन्यो ।

आफ्नो आमाको जस्तो आवाज सुनेर एउटा पाठो ढोका खोल्न जाँदै थियो उस्ले ढोकाको एउटा सानो प्वालबाट ब्वाँसोको कालो खुट्टा देख्यो । उनीहरुकी आमाको त सेतो खुट्टा थियो । त्यसैले यसपाली पनि, तिमी हाम्री आमा हैनौं तिम्रो खुट्टा हाम्री आमाको जस्तो सेतो छैन भन्दै जवाफ फर्कायो ।

ब्वाँसो यसपाली पनि निराश हुँदै फर्कियो तर उसले अर्को उपाय सोंच्दै तलाउको नजिकै रहेको एउटा चुनढुंगामा गएर आफ्नो खुट्टामा सेतो चुन लगायो । उ फेरी खोरमा आएर पाठापाठीहरुलाई बोलाउँदै छोराछोरी हो ढोका खोल म आएँ भन्यो ।

यसपाली पाठापाठीहरु झुक्किए किनकी बोली पनि आमाको जस्तो थियो अनि खुट्टा पनि । त्यसैले एउटा पाठोले ढोका खोली हाल्यो, ढोका खोल्दा त त्यहाँ उनीहरुकी बाख्रीआमा नभएर ब्वाँसो थियो ।

सबै पाठापाठी यता उता भाग्न थाले । तर ब्वासोंले एकएक गर्दै पाठापाठीलाई निल्न थाल्यो । यत्तिकैमा एउटी पाठीभने त्यहाँबाट फुत्त बाहिर निस्केर बाहिर गई लुकीहालि ।

केहीछिन पछि बाख्रीआमा फर्किंदा त्यहाँ कोही पनि थिएनन् । आमा निकै चिन्तित् भईन् । यत्तिकैमा उनकी कान्छीपाठी बाहिरबाट भित्र आएर त्यहाँ भएको सबैकुरा बताईन् । आमाछोरी निकै दुःखी भए ।

उनीहरु दुबैजना त्यहाँबाट त्यो दुष्ट ब्वाँसोको खोजिमा निस्के । एकैछिनमा दुबैले एउटा रुखमुनी मजासँग निदाईरहेको त्यही ब्वाँसोलाई देखे । उसको पेटमा अझैपनि पाठापाठीहरु चलमलाईरहेका थिए । बाख्रीआमाले आफुसँग रहेको चक्कुले ब्वाँसोको पेट चिरेर सबै पाठापाठीलाई बाहिर निकालिन अनि ब्वाँसोको पेटमा ढुंगा राखीदिई फेरी सिलाईदिएर आफ्ना सबै पाठापाठीलाई लिएर त्यहाँबाट गईन् ।

एकछिनमा ब्वाँसो जाग्यो । उसलाई आफ्नो पेट निकै गह्रौं भएको महशुस भयो । उसलाई निकै तिर्खा लागेको थियो । सकि नसकी उ पानी पिउनका लागि तलाउमा गयो ढुंगाको वजनले गर्दा उ अचानक तलाउमा खसेर ज्यान गुमायो ।

शिक्षा : आपत भन्नेकुरा जुनबेला पनि पर्न सक्छ तर हामीले विवेक नगुमाई त्यसको सामना गर्नुपर्छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

गाली खुवाइरहने त्यो तस्बिर

(नेपाल प्रहरीमा प्रहरी निरीक्षकमा भर्ना भएर डिआइजीको रूपमा पाँच वर्षअगाडि अवकाश पाएका हेमन्त मल्ल उकेरासँग आफ्नो प्रहरी यात्राका अनुभवहरू खोल्दै छन् ‘ब्याच नम्बर ६९’ मार्फत। उनको यो....

कान्तिपुर गाथा : कुतुबदेखि कान्तिपुरसम्म [अडियाे]

आखिर कान्तिपुर नगर नराम्रोसँग क्षतिग्रस्त त भइसकेको छ वातावरणीय हिसावले। जे भए पनि नगर आत्मीय छ। नगरको सम्झना त्यतिबेला अझ धेरै आउँछ, जतिबेला हामी आफ्नो....

कान्तिपुर गाथा : साँघुरिँदो शहरका सुकुमबासी

वरिष्ठ पत्रकार किशोर नेपालको २५ वर्षदेखि निरन्तर प्रकाशित हुँदै आएको स्तम्भ हो कान्तिपुर गाथा। यस गाथा मार्फत नेपालले सामाजिक, राजनीतिक विषयको उठान गर्दै आएका छन्।

कान्तिपुर गाथा : जीवित माछा र आशाबाद

वरिष्ठ पत्रकार किशोर नेपालको २५ वर्षदेखि निरन्तर प्रकाशित हुँदै आएको स्तम्भ हो कान्तिपुर गाथा। यस गाथा मार्फत नेपालले सामाजिक, राजनीतिक विषयको उठान गर्दै आएका छन्।

Batch No. 69 ll Episode-2 ll हेमन्त मल्ल

पूर्व डिआइजी मल्ल उकेरासँग आफ्नो प्रहरी यात्राका अनुभवहरू खोल्दै छन् ‘ब्याच नम्बर ६९’ मार्फत। उनको यो डायरी हरेक बुधवार प्रकाशित हुनेछ। उनको डायरीको दाेस्रो भाग....