चीनमा लगेर बेचविखन गर्ने पक्राउ 

चीनमा लगेर बेचविखन गर्ने पक्राउ 

पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक रोशी गाँउपालिका–४ घर का किरण तामाङ रहेका छन्। प्रहरीको मानव वेचविखन नियन्त्रण व्यूरोका अनुसार तामाङले २३ वर्षीया एक महिलालाई चीनमा व्यापार तथा रोजगार गर्ने प्रलोभनमा पारी ललाईफकाई उतै बेचविखन गरेको खुलेको छ। 

व्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) सारदा प्रसाद चौधरीका अनुसार गत पुस २५ गते तामाङले त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलबाट गैरकानूनी रुपमा चीनको सान्दोङ प्रान्तमा बस्ने ताम्पु थोङ भन्ने चिनियाँ नागरिकको घरमा पुर्याई बिक्री गरेको खुलेको छ। बिक्री गरेपश्चात ताम्पु थोङ भन्ने चिनियाँ पुरुषले ती महिलालाई शाररीक र मानसिक यातना दिई बन्धक बनाई राखेका थिए। 

सोहि अवस्थामा पीडितले आफन्तलाई सामाजिक संजालमार्फत आफू विक्री भएको र यातना पाईरहेको जानकारी गराएकि थिईन।

जानकारी लगत्तै व्यूरोसहित सम्बन्धित निकायहरुको समन्वयमा कार्तिक १२ गते नेपाल फर्काइएको थियो। नेपाल फर्किएपछि पीडितले तामाङको नाममा जाहेररी दिएकी थिईन्। 

सोहि जाहेरिका आधारमा ब्यूरोबाट खटिएको टोलीले ललितपुर महानगरपालिका –३ बाट तामाङलाई पक्राउ गरी जिल्ला अदालत काठमाडौबाट म्याद थप गरिएको जनाएको छ।

उनीविरुद्ध मानव ‘बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४’ अनुसार अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

१४ पुस, २०७७, १८:४७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।