फ्रडलाइट जडानका लागि ठड्याइयो मस्ट

फ्रडलाइट जडानका लागि ठड्याइयो मस्ट

विराटनगर : विराटनगर स्थित सहिद रंगशालामा फ्रड लाइट जडानका लागि ‘हाई मस्ट’ ठड्याइएको छ।

सहिद रंगशालामा रात्रिकालीन खेलकुदका प्रतियोगिताका लागि फ्रड लाइट जडान गर्न ‘हाई मस्ट’ ठड्याइएको हो।

रंगशालामा बिहिबारदेखि फ्लड लाइटका लागि ‘हाई मास्ट’ठड्याउने काम सुरु गरिएको छ।प्रदेश सरकारको लगानीमा थालिएको फ्रडलाइट जडानको काम मंसिर महिना भित्रै सम्पन्न गरिने फ्रड लाइट जडानको जिम्मा पाएको निर्माण कम्पनी कार्की बन्धु जेभीले जनाएको छ।

प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरे, विराटनगर महानगरपालिकका मेयर भीम पराजुलीले फ्रडलाइट जडानको कामबारे अनुगमन गरेर जानकारी समेत लिएका छन्।

प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले चाँडै फ्लड लाइट जडान सकेर मैदान स्तरोन्नतीको बाँकी काम अगाडी बढाउने बताए।रात्रीकालिन खेलकुद प्रतियोगिताका लागि रंगशालामा फ्लड लाइट जडानको काम सकिएसँगै रात्रीकालिन फुटबल प्रतियोगिता आयोजनाको बाटो खुल्नेछ।

रंगशालामा फ्लड लाइट जडानका लागि आवश्यक सामाग्रीहरु भारतको कोलकाताबाट झिकाइएको छ। त्यसका लागि आवश्यक पर्ने जनशक्ति समेत भारतीय नै छन्।

कार्की बन्धु जेभिबीच ३२ देखि ३५ मिटरसम्मको उचाइको पोल राखेर एउटा फ्लड लाइट फ्रेममा १ हजार वाटको २७ वटा बत्ती जडान गर्नेगरी ठेक्का सम्झौता गरिए अनुसार सहिद मैदानमा ३३ मिटर उचाईको हाई मास्ट ठड्याइएको हो।

मैदानको चार सुरमा गाडीएका चार वटा हाई मास्टमा १०८ वटा लाइट जडान गरिने छ। प्रत्येक बल्व एक हजार वाट क्षमताका रहने कार्की बन्धु जेभिका प्रोपाईटर गणेश कार्कीले जानकारी दिए।

फ्रडलाइट जडानको काम प्रदेश सरकारको ४ करोड २९ लाख रुपैयाँ लगानीमा सुरु गरिएको हो।मन्त्री घिमिरेले मैदानको सौन्दर्यकरण र दक्षिणतर्फको प्याराफिटको स्तरोन्नतीको काम आगामी वर्षको योजनामा समेटिने जानकारी दिए।

विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले फ्रडलाइट जडान पछि सहिद रंगशालालाई तीनै तहकार सरकारको समन्वयमा व्यवस्थित बनाइने जानकारी दिए। उनले विराटनगरको खेल मैदानहरूको स्तरोन्नितमा तीनै तहका सरकारवीच लगानी साझेदारी आबश्यक रहेको बताए।

 

१८ मंसिर, २०७७, १६:२१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।