वैकल्पिक विकास वित्त परिचालन विधेयक बहुमतले पारित

वैकल्पिक विकास वित्त परिचालन विधेयक बहुमतले पारित

काठमाडौं : प्रतिनिधिसभा बैठकमा ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२’ बहुमतले पारित भएको छ।

बैठकमा सभामुख डोलप्रसाद अर्यालले उक्त विधेयक निर्णयार्थ प्रस्तुत गरी बहुमतले पारित भएको घोषणा गरेका हुन्। अर्थमन्त्री डा स्वर्णिम वाग्लेले ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२’ माथि पारित गरियोस् भन्ने प्रस्ताव पेस गरेका थिए। 

अर्थमन्त्री डा वाग्लेले ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२’ माथि दफावार छलफल सदनमा गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए। सभामुख अर्यालले विधेयकलाई निर्णयार्थ प्रस्तुत गर्दै उक्त विधेयक दफावार छलफलका लागि बहुमतले स्वीकृत भएको घोषणा गरेका थिए। 

उक्त विधेयकमाथि ६ वटा संशोधन परेको थियो। सांसदहरू लीमा अधिकारी आचार्य र सांसद गणेश कार्कीले संशोधन फिर्ता लिएका थिए। अर्थमन्त्री डा वाग्लेले  सांसदहरूले राखेको संशोधन सरकारले स्वीकार गर्ने बताए। 

प्रतिनिधिसभाको अर्को बैठक यही जेठ १२ गते मङ्गलबार बिहान ११ बजे बस्नेछ।

जेठ ७, २०८३ बिहीबार १८:४५:५१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।