मध्यपूर्वको युद्ध अन्त्य गर्न चिनियाँ राष्ट्रपतिले अघि सारे चार बुँदे प्रस्ताव

मध्यपूर्वको युद्ध अन्त्य गर्न चिनियाँ राष्ट्रपतिले अघि सारे चार बुँदे प्रस्ताव

बेइजिङ : चिनियाँ राष्ट्रपति सी जिनपिङले मध्यपूर्वमा शान्ति र स्थिरता कायम गर्न चार बुँदे प्रस्ताव अघि सारेका छन्।

मध्यपूर्वमा जारी संघर्षलाई अन्त्य गर्नु अत्यन्त जरुरी रहेको र फेरि युद्ध सुरु हुने कुरा अब स्वीकार्य नहुने भन्दै  चार बुँदे प्रस्ताव अघि सारेको चिनियाँ सरकारी सञ्चारमाध्यमले जनाएको छन्।

चिनियाँ समाचार एजेन्सी सिन्ह्वाका अनुसार सीले यो प्रस्तावबाट अन्तर्राष्ट्रिय सहमति बलियो हुने, तनाव कम हुने र शान्तिलाई बढावा मिल्ने विश्वास गरेका छन्।

के छ सीको चार बुँदे प्रस्तावमा?
राष्ट्रपति सीले गत महिना अबु धाबीका क्राउन प्रिन्ससँगको भेटका क्रममा यो प्रस्ताव अघि सारेका थिए। जसमा शान्तिपूर्ण सह-अस्तित्व अर्थात देशहरूबीच शान्तिपूर्ण रूपमा मिलेर बस्ने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिएका थिए।

यस्तै प्रत्येक राष्ट्रको आफ्नो स्वतन्त्रता र अखण्डताको सम्मान गर्ने, विश्वव्यापी रूपमा तय गरिएका कानुनी नियमहरूको पालना गर्ने र आर्थिक विकास र सुरक्षालाई एकसाथ लैजाने दृष्टिकोण अघि सारेका थिए।

चीनले पछिल्लो समय मध्यपूर्वको राजनीति र शान्ति प्रक्रियामा आफ्नो सक्रियता बढाउँदै लगेको छ।

जेठ ६, २०८३ बुधबार ११:००:४६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।