आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागको महानिर्देशकमा डा. वासुदेव उपाध्याय

आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागको महानिर्देशकमा डा. वासुदेव उपाध्याय

काठमाडौं : सरकारले आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागको महानिर्देशकको जिम्मेवारी डा. वासुदेव उपाध्यायलाई दिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहताको मन्त्रीस्तरीय निर्णयबाट डा. उपाध्यायलाई उक्त जिम्मेवारी तोकिएको हो।

११औं तहका आयुर्वेद चिकित्सक डा. उपाध्याय यसअघि नरदेवी आयुर्वेद चिकित्सालयको निर्देशकको रूपमा कार्यरत थिए।

विभागको महानिर्देशकको जिम्मेवारी दिइए पनि उनको आधिकारिक दरबन्दी भने नरदेवी आयुर्वेद चिकित्सालयमै कायम राखिएको मन्त्रालयले जनाएको छ।

यसअघि, विभागको निमित्त महानिर्देशकको जिम्मेवारी १०औं तहका चिकित्सक डा. श्यामबाबु यादवले सम्हाल्दै आएका थिए।

डा. उपाध्याय विभागमा गएपछि नरदेवी आयुर्वेद चिकित्सालयको निर्देशक पद भने हाललाई रिक्त भएको छ। त्यहाँ अहिलेसम्म नयाँ निर्देशक तोकिएको छैन।

स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार, चिकित्सालयमा कार्यरत वरिष्ठ चिकित्सकहरूमध्येबाट कसैलाई निमित्त निर्देशकको जिम्मेवारी दिने तयारी भइरहेको छ।

जेठ १, २०८३ शुक्रबार १२:३४:२४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।