मंगलबार २९ बैशाख, २०८३
सार्वजनिक यातायातको भाडा बढ्यो
काठमाडौं : सरकारले सार्वजनिक यातायातको भाडा बढाएको छ।
पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्सालको मन्त्रीस्तरीय निर्णयपछि यातायात व्यवस्था विभागले भाडा बढाएको हो।
वैज्ञानिक प्रणाली अनुसार भाडा समायोजन गरिएको विभागले जनाएको छ।
यात्रुवाहक सवारी साधनको भाडादर १६.७१ ले बढेको छ।
पहाडी क्षेत्रका मालवाहक सवारी साधनमा २१.६८ ले भाडादर बढेको भने तराई क्षेत्रका मालवाहक सवारी साधनमा १५.७५ले भाडादर बढेको छ।
चैत २५, २०८२ बुधबार १६:२३:१५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।