मंगलबार २९ बैशाख, २०८३
जेन-जी आन्दोलनको असर सेयर बजारमा, कारोबार शुरू भएको दुई मिनेटमै लाग्यो नेगेटिभ सर्किट
काठमाडौं : भदौ २३ र २४ गतेको विध्वंसात्मक प्रदर्शनपछि आज खुलेको सेयर बजारमा कारोबार शुरू भएको दुई मिनेटमै भारी गिरावट आएको छ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ४ प्रतिशतले घटेपछि ‘नेगेटिभ सर्किट ब्रेक’ लागेको हो। आन्दोलन र त्यसपछिको राजनीतिक अनिश्चितताका कारण लगानीकर्ताको मनोबल कमजोर हुँदा बजारमा बिक्री चाप परेको देखिन्छ।
सर्किट ब्रेकका कारण सेयर कारोबार १५ मिनेटका लागि स्थगित गरिएको छ। अब केहीबेरमा पुनः कारोबार शुरू हुनेछ।
असोज २, २०८२ बिहीबार ११:१३:०२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।