राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई अगाडि बढाउन निरन्तर प्रयास भइरहेको छ : प्रचण्ड

दाङ : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई अगाडि बढाउनका लागि लगातार प्रयास गरिरहेको बताएका छन्।
दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमनपछि आयोजित कार्यक्रममा उनले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको विकासको लागि बजेटको व्यवस्था, भवनको लागि बजेटको व्यवस्था, एमबिबिएसको लागि कक्षा सञ्चालन गर्ने प्रक्रियाको बारेमा प्रतिवद्धता गरि सबै व्यवस्था गरेका बताए।
उनले भने, ‘राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्थापनाकालमा ऐन निर्माणको समयमा पनि हामीले प्रतिष्ठान सम्बन्धी ऐन बनाउन जोड दियौं। यो राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको विकासको लागि बजेटको व्यवस्था, भवनको लागि बजेटको व्यवस्था, एमबिबिएसको लागि कक्षा सञ्चालन गर्ने प्रक्रियाको बारेमा प्रतिवद्धता गरि सबै व्यवस्था गरेका छौं। झण्डै ३० करोड बजेटको व्यवस्था गर्यौँ।’
उनले प्रतिष्ठानमा माओवादीको नेतृत्वमा थप ४ सय बेडहरु थप्ने प्रक्रिया सुरू भएको बताए।
उनले भने, ‘हाम्रो नेतृत्वमा थप ४ सय वटा वेडहरु थप्ने प्रक्रिया सुरू भएको हो। अब चार सय बेड थपिँदा यहाँ साढे ७ सय बेड भएपछि मात्र अहिलेको यो बिरामीको चापलाई सम्बोधन गर्न सकिन्छ भने महसुस गरेको छु।’
माघ १२, २०८१ शनिबार २०:३३:१७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।