एक हजार रुपैयाँले बढ्यो सुन

एक हजार रुपैयाँले बढ्यो सुन

काठमाडौं : साताको छैटौं दिन शुक्रबार (आज) सुनचाँदीको मूल्य बढेको छ।

बिहीबारको तुलनामा शुक्रबार सुन तोलाको एक हजार रुपैयाँले बढ्दा चाँदी पाँच रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अुनसार आज सुन तोलाको एक लाख ६० हजार छ सय रुपैयाँमा कारोबार भइरहेको छ।

बिहीबार सुन तोलाको एक लाख ५९ हजार छ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी आज चाँदी तोलाको एक हजार आठ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ। हिजो चाँदी तोलाको एक हजार आठ सय ७५ रुपैयाँ थियो।

माघ ११, २०८१ शुक्रबार ११:४३:०९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।