विश्व स्वास्थ्य संगठनबाट बाहिरियो अमेरिका, ट्रम्पले गरे कार्यकारी आदेशमा हस्ताक्षर

विश्व स्वास्थ्य संगठनबाट  बाहिरियो अमेरिका, ट्रम्पले गरे कार्यकारी आदेशमा हस्ताक्षर

एजेन्सी : राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठनबाट अमेरिका बाहिरिने निर्णयमा हस्ताक्षर गरेका छन्।

राष्ट्रपति भएपछि कार्यकारी निर्णयमा हस्ताक्षर गर्दै उनले यस्तो निर्णय गरेका हुन्।

कार्यकारी निर्णयमा गरिएको हस्ताक्षर संसदले समेत उल्ट्याउन सक्दैन। यसको लागि सर्वोच्च अदालतमा कानूनी उपचार खोज्न सकिन्छ।

ट्रम्पले लामो समयदेखि विश्व स्वास्थ्य संगठनको आलोचना गर्दै आएका थिए। 
कोभिड फैलिरहेको समयमा उनको प्रशासन औपचारिक रूपमा जुलाई २०२० मा संगठनबाट फिर्ता हुन चाहेका थियो।

कार्यकारी आदेशको पाठमा अमेरिका अलग हुनुको कारणबारे पनि बताइएको छ। चीनको वुहान र अन्य वैश्विक स्वास्थ्य संकटबाट उत्पन्न कोभिड १९ महामारीबाट संगठनले गलत तरिकाबाट बच्न, तत्काल आवश्यक सुधारहरुलाई अपनाउन र अनुचित राजनीतिक प्रभावबाट स्वतन्त्र रहन असक्षम रहेको ट्रम्पको कार्यकारी आदेशमा उल्लेख छ।

कार्यकारी आदेशमा हस्ताक्षर गरेपछि ट्रम्पका एक सहयोगीले भनेका थिए, ‘यो एकदमै ठूलो कुरा हो। संगठनलाई अन्य देशको तुलनामा अमेरिकाले अधिक सहयोग गर्ने गरेको छ।’

आदेशमा विश्व स्वास्थ्य संगठनले अमेरिकासँग अनुचित रुपमा भारी रकम भुक्तानीको मागलाई जारी राखेको समेत उल्लेख छ।

माघ ८, २०८१ मंगलबार ०८:०९:२८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।