थाइल्याण्डमा भएको बम विस्फोटमा तीन जनाको मृत्यु, ३९ जना घाइते

थाइल्याण्डमा भएको बम विस्फोटमा तीन जनाको मृत्यु, ३९ जना घाइते

काठमाडौं : थाइल्याण्डको ताक प्रान्तमा वार्षिक उत्सवको क्रममा बम विस्फोट हुँदा तीन जनाको मृत्यु भएको छ। अन्य ३९ जना घाइते भएका छन्।

प्रधानमन्त्री पटोङ्गटार सिनावात्राले शुक्रबार मध्यरातमा भएको विस्फोटमा मृतक र घाइतेहरूको परिवारप्रति सामाजिक सञ्जाल पोष्टमार्फत गहिरो समवेदना व्यक्त गरे।

पाइतोङटार्नले प्रहरी र सुरक्षा निकायलाई घटनाको तुरुन्त अनुसन्धान गर्न, दोषीलाई पक्राउ गरी कानूनी कठघरामा ल्याउन र सार्वजनिक सुरक्षा सुनिश्चित गर्न आगामी सबै चाडपर्वहरूमा सुरक्षा उपायहरू बढाउन निर्देशन दिए।

मंसिर २९, २०८१ शनिबार १३:२०:३९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।