दक्षिण कोरियाका राष्ट्रपतिविरुद्ध फेरि महाभियोग प्रस्ताव, संसदबाहिर हजारौंको भीड
एजेन्सी : दक्षिण कोरियाली राष्ट्रपति युन सुक-योल विरुद्धको महाभियोग प्रस्तावमा सांसदहरूले शनिबार संसदमा फेरि मतदान गर्ने भएका छन्।
यसैबीच संसदबाहिर हजारौंको भीड लागेको छ।
विपक्षी दलहरूले भनेका छन्, ‘युन सुक-योललाई राष्ट्रपति पदबाट नहटाएसम्म हामी प्रत्येक शनिबार महाभियोग प्रस्ताव ल्याउँछौं।’
महाभियोग प्रस्तावको समर्थनमा विपक्षी दललाई सत्तारुढ दलका आठ सांसदको मत आवश्यक छ।
युन सुक-योलले हालै देशमा मार्शल ल लागू गर्ने घोषणा गर्दा त्यसको पछाडि उत्तर कोरिया र राष्ट्रविरोधी शक्तिको खतरा रहेको बताए।
यसको विरुद्धमा विरोध प्रदर्शन हुँदा राष्ट्रपति युनले मार्शल ल लागू गर्ने निर्णय फिर्ता लिए पनि राजीनामा भने गरेनन्।
मंसिर २९, २०८१ शनिबार ११:३६:५० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।