मंगलबार २९ बैशाख, २०८३
कांग्रेसको आकस्मिक बैठक बस्दै
काठमाडौं : नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्ने भएको छ।
सोमबार पूर्व सभामुख दमननाथ ढुंगानाप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक प्रस्ताव पारित गर्न कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्न लागेको पार्टीका सचिव प्रकाश शर्माले जानकारी दिए।
बैठक बिहान १०:३० बजे पार्टीको केन्द्रीय कार्यालय, वीपी स्मृति भवन, ललितपुरमा बस्ने छ।
मंसिर ३, २०८१ सोमबार १०:४९:१८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।