पाकिस्तानको रेलवे स्टेशनमा भएको विस्फोटमा मृत्यु हुनेको संख्या २५ पुग्यो, बलुच लिबरेशन आर्मीले लियो जिम्मेवारी
एजेन्सी : पाकिस्तानको बलुचिस्तानस्थित क्वेटाको रेलवे स्टेशनमा भएको विस्फोटमा मृत्यु हुनेको संख्या २५ पुगेको छ। बलुच लिबरेशन आर्मीले यस हमलाको जिम्मेवारी लिएको छ।
यस विस्फोटमा हालसम्म ४६ जना घाइते भएको बताइएको छ। अधिकारीहरूले मृतकको संख्या बढ्न सक्ने आशंका व्यक्त गरेका छन्।
पाकिस्तानी प्रहरीका एसएसपी अपरेसन मोहम्मद बलोचले बीबीसीलाई भने कि विस्फोट हुँदा करिब १५० देखि २०० मानिस प्लेटफर्ममा जम्मा भएका थिए र रेलको प्रतीक्षा गरिरहेका थिए।
सामान्य जनतासँगै सिपाहीहरू पनि स्टेशनमा जम्मा भएको र विष्फोटमा सैनिकको पनि हताहती भएको उनले बताए।
बलुचिस्तानका मुख्यमन्त्रीले घटनाको निन्दा गर्दै भने, ‘यस आतंकवादी घटनाको पछाडि जिम्मेवार व्यक्तिहरूलाई उनीहरूको अन्त्यसम्म कारबाही गरिनेछ।’
कात्तिक २४, २०८१ शनिबार १३:२०:५६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।