जेके टायरले नेपालमा ल्यायो हार्ड रक च्याम्पियन र जीटीएल प्लस ओटीआर टायर

जेके टायरले नेपालमा ल्यायो हार्ड रक च्याम्पियन र जीटीएल प्लस ओटीआर टायर

काठमाडौं : जेके टायर इन्डियाले नेपाली बजारका लागि विशेष रुपमा डिजाइन गरिएको अफ–द–रोड (ओटीआर) क्याटागोरीका दुई नयाँ उत्पादन थप गरेको छ। कम्पनीले हार्ड रक च्याम्पियन र जीटीएल प्लसको नयाँ भेरिएन्ट लन्च गरेको हो। 

जेके टायर इन्डियाका अध्यक्ष अनुज कथुरियाले जेके टायरको नेपालका लागि आधिकारिक वितरक डेल्टा डिस्ट्रिब्युटर्सको एक्सक्लुसिभ माइनिङ एन्ड कन्स्ट्रक्सन प्याभिलियनमा ती टायर सार्वजनिक गरे। 

नेपाली सडकमा दुई नयाँ हेभी ड्युटी ओटीआर टायर उपलब्ध गराउन पाएकोमा खुसी व्यक्त गर्दै जेके टायर एन्ड इन्डष्ट्रिज लिमिटेडका अध्यक्ष अनुज कथुरियाले भने, ‘नेपाल हाम्रा लागि महत्वपूर्ण बजार हो र नेपाली ग्राहकको विभिन्न चाहनालाई परिपूर्ति गर्ने कार्यलाई हामीले प्राथमिकतामा राखेका छौ। यी नयाँ टायरले असाधारण स्थायित्व र विश्वसनियता प्रदान गर्छन् तथा विभिन्न भौगोलिक अवस्थाका लागि उपयुक्त हुने किसिमले निर्माण गरिएका छन्। हामीले उपलब्ध गराउने एड्भान्स टेक्नोलोजी र प्रोडक्ट इनोभेसनले हाम्रो बजार हिस्सालाई समेत थप मजबुत बनाउन भूमिका खेल्ने छ।’

नेपाली बजार मागलाई नै विशेष किसिमले ध्यानमा राखेर यी टायरको डिजाइन गरिएको छ र यसले सवारी साधनलाई पहिले भन्दा अतिरिक्त स्थायित्व र सुरक्षा प्रदान गर्ने कम्पनीले जनाएको छ। 
 
जेके टायरको हार्ड रक च्याम्पियन नेक्स्ट जेन प्रिमियम माइनिङ टायर हो र यसको साइज १२.०० –२० २० पीआर छ। नेपालको माइनिङ अपरेसनलाई ध्यानमा राखेर उत्पादन गरिएका यी टायर टिपरहरुमा प्रयोग गर्न सकिन्छ। यसमा भएका नन–डिरेक्सनल ट्रेड प्याटर्न र ड्युअल बेन्ड ग्रुभले स्ट्रेस कन्सन्ट्रेसन घटाउछ र मेसिनलाई सुपेरियर परफर्मेन्स दिने कम्पनीको दाबी छ।  

असार ३, २०८१ मंगलबार २०:१६:४१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।