डिशहोमको अफर : नेपालको खेलअघि दुई वर्षकाे रिचार्जमा ६ महिना निःशुल्क

डिशहोमको अफर : नेपालको खेलअघि दुई वर्षकाे रिचार्जमा ६ महिना निःशुल्क

काठमाडौं : जारी आईसीसी पुरुष टी-२० विश्वकपमा नेपालले ग्रुप स्टेजअन्तर्गत भोलि बुधबार बिहान ५:१५ बजे श्रीलंकासँग दोस्रो खेल खेल्दै छ। यी दुई टिमबीचको खेलको खुसियालीमा डिशहोम फाइबरनेटले २४ महिनाको रिचार्ज गर्दा अतिरिक्त ६ महिनाको सब्सक्रिप्सन निःशुल्क पाउने अफर सार्वजनिक गरेको छ।

डिशहोमले मंगलबार दिउसो १ बजे ‘आयो गोर्खाली मैदानमा’ शीर्षकमा २४ महिनाको रिचार्ज गर्दा अर्को ६ महिनाको सब्सक्रिप्सन निःशुल्क गर्ने जनाएको हो। यो अफर मंगलबार दिउसो १ बजेदेखि बुधबार दिउँसो १ बजेसम्मका लागि मात्र लागु रहेको डिशहोम फाइबरनेटले जनाएको छ।

यो अफर कुनै पनि डिशहोम फाइबरनेटको प्याकेज २४ महिनाको लागि रिचार्ज गर्ने ग्राहकले थप ६ महिनाको सेवा निःशुल्क प्राप्त गर्नेछन्। कुल ३० महिनाको सिमलेस कनेक्टिभिटी प्रदान गरिने पनि बताइएकाे छ। 

रिचार्ज गर्नको लागि आफूनजिकै रहेको ‘डिशहोमको डिलर दाइ कहाँ गई बिना कुनै झन्झट’ सजिलै रिचार्ज गरी यस गज्जबको अफरको फाइदा उठाउन सकिनेछ। अनलाइन पेमेन्ट वालेटहरूमार्फत पनि रिचार्ज गर्न सकिने कम्पनीले जनाएको छ ।

यो विशेष २४ घण्टा अफरले नेपालको क्रिकेट टोलीलाई साथ र समर्थन गर्ने र विस्तारित उच्च स्पीड इन्टरनेटको साथ आफ्ना ग्राहकहरूलाई पुरस्कृत गर्ने उद्देश्य रहेको कम्पनीले जनाएको छ। 

जेठ २९, २०८१ मंगलबार १५:३४:५१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।