टर्ब्यूलेन्सका कारण घाइते भएकाहरूलाई सिंगापुर एयरलाइन्सद्वारा २५ हजार डलरसम्मको क्षतिपूर्ति प्रस्ताव

टर्ब्यूलेन्सका कारण घाइते भएकाहरूलाई सिंगापुर एयरलाइन्सद्वारा २५ हजार डलरसम्मको क्षतिपूर्ति प्रस्ताव

एजेन्सी : सिंगापुर एयरलाइन्सले गत महिना टर्ब्यूलेन्सका कारण घाइते भएकाहरूलाई क्षतिपूर्ति दिने प्रस्ताव गरेको छ।

घाइते अनुसार क्षतिपूर्तिको रकम तय गरिएको सिंगापुर एयरलाइन्सले सोशल मिडिया प्लेटफर्म एक्समा जानकारी दिएको छ।

कम्पनीले सामान्य चोटपटक लागेकाहरूलाई १० हजार डलर र गम्भीर चोटपटक लागेका यात्रुहरूको तत्काल आवश्यकतालाई ध्यानमा राख्दै २५ हजार डलर क्षतिपूर्ति दिइने प्रस्ताव गरेको हो।

कम्पनीले गम्भीर घाइते भएकाहरूमध्ये कुनै विशेष मुद्दामा थप छलफल गरिने समेम एक्सको पोस्टमार्फत स्पष्ट पारेको छ।

गत महिना लण्डनबाट सिंगापुर जाँदै गरेको सिंगापुर एयरलाइन्सको फ्लाइट नम्बर एसक्यू ३२१ गम्भीर टर्ब्यूलेन्स भएको थियो।

टर्ब्यूलेन्सका कारण ७३ वर्षीय बेलायती नागरिक ज्योफ किचेनको मृत्यु भएको थियो भने करिब ३० जना घाइते भएका छन्। टर्ब्यूलेन्सका कारण २० जनाको मेरुदण्डमा चोट लागेको बताइएको छ।

सिंगापुर एयरलाइन्सका अनुसार विमानमा २११ यात्रुबाहेक १८ जना चालक दलका सदस्य थिए।

जेठ २९, २०८१ मंगलबार १३:५८:२४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।