चीनमा चार अमेरिकी प्राध्यापकमाथि चक्कु प्रहार

चीनमा चार अमेरिकी प्राध्यापकमाथि चक्कु प्रहार

एजेन्सी : चीनको एक सार्वजनिक पार्कमा अज्ञात आक्रमणकारीले चक्कु प्रहारबाट अमेरिकी विश्वविद्यालयका चार प्राध्यापक घाइते भएका छन्। उनीहरूलाई अस्पतालमा भर्ना गरिएको छ।

कलेजले एक विज्ञप्ति जारी गर्दै भनेको छ, ‘उत्तरी चीनको जिलिन प्रान्तको एउटा पार्कमा भएको गम्भीर दुर्घटनामा आयोवा कलेजका एक शिक्षक गम्भीर घाइते भएका छन्।’

आयोवा कलेजका प्रतिनिधि एडमले दुर्घटनामा घाइते भएका चार जनामध्ये आफ्नो भाइ एक रहेको बताउँदै उनीहरूमाथि चक्कु प्रहार भएको बताएका छन्।

उनले भनेका छन्, ‘मानिसहरूको समूह स्थानीय मन्दिरको दर्शन गर्न जाँदै थियो, त्यही क्रममा एक व्यक्तिले छुरी प्रहार गर्यो। मेरो भाइको हातमा चोट लागेको छ र उनको अस्पतालमा उपचार भइरहेको छ। उनको अवस्थामा केही सुधार आएको छ।’

अमेरिकी विदेश मन्त्रालयका प्रवक्ताले छुरा प्रहारको घटनाको रिपोर्ट प्राप्त भएको तर थप जानकारी उपलब्ध नभएको बताएका छन्।

ती चार जना शिक्षक चीनको एउटा विश्वविद्यालयमा साझेदारीमा अध्यापन गराउँदै आएको कलेजले जनाएको छ। यद्यपी चिनियाँ प्रशासनले यस घटनाबारे अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन।

जेठ २९, २०८१ मंगलबार ०९:५६:१२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।