भारतीय लोकसभा : बीजेपी नेतृत्वको एनडीए गठबन्धनको अग्रता

भारतीय लोकसभा : बीजेपी नेतृत्वको एनडीए गठबन्धनको अग्रता

एजेन्सी : भारतमा लोकसभा चुनावको मतगणनाको प्रारम्भिक प्रवृत्ति देखिएको छ।

डाटा नेटका अनुसार प्रारम्भिक प्रवृत्तिमा बीजेपी नेतृत्वको एनडीए गठबन्धनले अग्रता लिइरहेको देखिन्छ।

एनडीए २७७ सिटमा अगाडि छ भने इन्डिया गठबन्धनले २०५ सिटमा अग्रता लिएको छ। ४७ सिटमा अन्य पार्टी अगाडि छन्।

सात चरणमा भएको लोकसभा चुनावको पहिलो चरणको मतदान अप्रिल १९ र अन्तिम चरणको मतदान जुन १ मा भएको थियो।

आज ५४३ सिटमध्ये ५४२ सिटमा मतगणना भइरहेको छ। सुरत लोकसभा सीटमा बीजेपी उम्मेदवार निर्विरोध जित्न सफल भएका थिए।

जेठ २२, २०८१ मंगलबार १०:०६:५० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।