विश्वकपअघि क्यानडासँग आज वार्मअप खेल खेल्दै नेपाल

विश्वकपअघि क्यानडासँग आज वार्मअप खेल खेल्दै नेपाल
फाइल तस्बिर

काठमाडौं : टी२० विश्वकप अघि नेपालले खेल्ने दुई मध्ये पहिलो वार्मअप खेल आज खेल्दैछ।

नेपालले आज नेपाली समयअनुसार राति सवा ९ बजे क्यानडासँग पहिलो वार्मअप खेल खेल्दैछ। क्यानडा पहिलो पटक विश्वकप खेल्दैछ।

विश्वकपको तयारीका लागि भन्दै तीन सातादेखि अमेरिका र वेस्ट इन्डिज पुगेको नेपाली टोलीले त्यहाँका स्थानीय क्लबसँग पाँच खेलको टी२० खेल खेलेको थियो।

नेपालले दोस्रो वार्मअप खेल भने नेपालले ३० मे मा आयोजक अमेरिकाविरुद्ध खेल्नेछ।

चोटका कारण दीपेन्द्रसिंह ऐरीलाई पछिल्ला अभ्यास खेलमा खेलाइएको थिएन।

क्यानका सहायक प्रशिक्षक बसन्त शाहीका अनुसार उनलाई क्यानडा र अमेरिकाविरुद्धको वार्मअप खेलमा खेलाइनेछैन।

त्यसपछिका विश्वकपका मुख्य खेलहरूमा भने खेल्न सक्ने सम्भावना रहेको उनको भनाइ छ।

जुन १ बाट सुरु हुने विश्व कपमा नेपालले पहिलो खेल जुन ५ मा नेदरल्यान्ड्विरुद्ध खेल्नेछ।

जुन ११ मा श्रीलंका, जुन १४ मा दक्षिण अफ्रिका र जुन १६ मा बंगलादेशसँग खेल्नेछ।

जेठ १४, २०८१ सोमबार ०८:५१:१६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।