स्वर्णिमले वीपी कोइरालाको नाम लिएपछि कांग्रेस सांसदको झन् चर्को नाराबाजी

स्वर्णिमले वीपी कोइरालाको नाम लिएपछि कांग्रेस सांसदको झन् चर्को नाराबाजी

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद स्वर्णिम वाग्ले बोल्न थालेपछि कांग्रेस सांसदहरुले झन् चर्को नाराबाजी गरेका छन्।

सभामुख देवराज घिमिरेले स्वर्णिम वाग्लेलाई नीति तथा कार्यक्रमका विषयमा बोल्न समय दिएपछि कांग्रेस सांसदहरुले झन् चर्को नाराबाजी गरेका हुन्।

वाग्लेले नेपाली कांग्रेसका विश्वेश्वरप्रसाद कोइरालाले ६५ वर्षअघि स्थापित गरेको मानकलाई लज्जास्पद अवस्थामा पुर्याउनका लागि गरिएको औचित्यहीन विरोधमा खेद जनाएपछि कांग्रेस सांसदहरू चर्किएका हुन्।

उनीहरूले सांसद वाग्लेलाई रोष्टमलाई तत्काल तल झार्न इशारा गरेका थिए। कांग्रेस सांसद नारालाई झन् चर्को पारेपछि सभामुख घिमिरेले उनलाई विषयमा केन्द्रित हुन आग्रह गरेका थिए।

सांसद् वाग्लेले संसदीय छानबिन समिति बनाउने विषयमा सहमति भइसकेको र कार्यादेशका एक वा दुईवटा शब्दमा कुरा नमिलेको भन्दै त्यसका लागि पनि छलफल भइरकेको स्मरण गराउँदै कर्मकाण्डी विरोध गरेको आश्चर्य व्यक्त गरे।

जेठ १३, २०८१ आइतबार १३:००:५७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।