दोस्रो अभ्यास खेलमा ह्युस्टन हरिकेन्सलाई २७ रनले हराउँदै नेपाल विजयी

दोस्रो अभ्यास खेलमा  ह्युस्टन हरिकेन्सलाई २७ रनले हराउँदै नेपाल विजयी
फाइल तस्बिर

काठमाडौं : टि ट्वान्टी विश्वकपको तयारीमा रहेको नेपाली क्रिकेट टोलीले दोस्रो अभ्यास खेलमा ह्युस्टन हरिकेन्सलाई २७ रनले पराजित गरेको छ।

शनिबार जितका लागि १ सय २४ रनको लक्ष्य पछ्याएको ह्युस्टन हरिकेन्स १८.३ ओभरमा ९६ रनमा अल आउट भएको थियो।

ह्युस्टन जिआ शाहजादले २९ बलमा १ चौका र २ छक्कासहित सर्वाधिक ३५ रन बनाए । इमरान खान जुनियर र लाहिरु मिलान्था समान १६ रन बनाए।

करण केसीले ३ ओभरमा १० रन खर्चेर ३ विकेट लिए। सोमपाल कामी र अभिनाष बोहराले समान २ विकेट लिए। कप्तान रोहित पौडेल, सागर ढकालले समान १ विकेट लिए।

प्रेरी भ्यू कम्प्लेक्स ह्युस्टनमा त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय २३ रन बनाएको थियो।

कप्तान रोहितले ४० बलमा १ चौकासहित सर्वाधिक ३७ रन बनाए । कुशल भुर्तेल ३१ बलमा २ चौकासहित २३ रन जोडे।

आसिफ शेख १, अनिल कुमार साह ४, कुशल मल्ल ६, गुलशन झा १४ रनमा आउट भए। सन्दीप जोरा र सोमपाल कामी समान  १२ रनमा नट आउट रहे।

ह्युस्टनका इमरान शेख जुनियरले ४ ओभरमा २३ रन खर्चेर २ विकेट लिए। जिआ शाहजादले ४ ओभरमा २३ रन खर्चेर २ विकेट लिए । कोरी ड्राई र उस्मान शिनवारीले १-१ विकेट लिए।

शुक्रबार भएको पहिलो खेलमा नेपाल ६ रनले विजयी भएको थियो। पहिलो खेलमा ह्युस्टनसँग नेपालले २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ४६ रन बनाएको थियो।

जेठ १३, २०८१ आइतबार १०:५५:३९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।