शीर्ष नेताहरूबीच टीओआरमा जुटेन सहमति, आइतबार पुन: बैठक बस्ने

शीर्ष नेताहरूबीच टीओआरमा जुटेन सहमति, आइतबार पुन: बैठक बस्ने

काठमाडौं : सहकारी ठगी प्रकरण छानबिनका लागि गठन गरिने संसदीय समितिको कार्यादेश (टीओआर) टुंगो नलागेपछि शीर्ष नेताहरूबीच आइतबार बैठक बस्ने सहमति भएको छ। 

आज कार्यादेशमा सहमति जुट्न नसकेपछि बैठक पुनः आइतबार बस्ने भएको नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले जानकारी दिए।

आज दिउँसो कार्यदलको बैठकपछि बालुवाटारमा कार्यदलका सबै सदस्यसहित शीर्ष नेताबीच भएको छलफलमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमाले अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्कालगायत नेता सहभागी थिए।

सहमहामन्त्री परियारले भने, 'सहकारी सञ्चालकहरू, गोरखा मिडिया नेटवर्कलगायत कम्पनीहरू, यसका सञ्चालक समितिका पदाधिकारी, प्रबन्ध निर्देशक र आवश्यक अन्य कर्मचारीका बारे समेत छानबिन गरिनुपर्छ भन्ने कुरा उठायौँ। त्यो कुरामा सहमति हुन सकेन।'  

जेठ १२, २०८१ शनिबार २१:४९:४३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।