रफाहमा सैन्य आक्रमण रोक्ने अन्तर्राष्ट्रिय अदालतको आदेशपछि इजरायल आक्रोशित

रफाहमा सैन्य आक्रमण रोक्ने अन्तर्राष्ट्रिय अदालतको आदेशपछि इजरायल आक्रोशित

काठमाडौं : इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुका केही सहयोगीहरूले अन्तर्राष्ट्रिय अदालतको निर्णयपछि क्रोधित प्रतिक्रिया दिएका छन्।

उनीहरूले अदालतलाई यहूदी विरोधी र हमासको पक्षमा रहेको आरोप लगाएका छन्। तर, अदालतले रफाहमा सैन्य कारबाही रोक्न आदेश दिएपछि पनि इजरायलले आफ्नो अडान परिवर्तन गर्ने कुनै संकेत देखिएको छैन।

इजरायली ट्याङ्कहरू अझै पनि रफाहको मध्य क्षेत्रमा पुगिरहेका छन्।

इजरायली सरकारका पूर्व प्रवक्ता इलोन लेभीले फैसला सुनाउने न्यायाधीश लेबनानी भएकाले उनले ‘गलत रूपमा’ आदेश दिएको हुनसक्ने आशंका व्यक्त गरे। यदि त्यसो भए उनी सुरक्षित रूपमा घर फर्कन नसक्ने चेतावनी दिए।

अदालतले इजरायललाई गाजाको रफाहमा भइरहेको सैन्य कारबाही रोक्न आदेश दिएको थियो। आईसीजेले दक्षिण अफ्रिकाको याचिकामा यस्तो निर्णय गरेको हो।

अदालतले इजरायलले रफाहमा भइरहेको सैन्य कारबाही तत्काल बन्द गर्नुपर्ने र यसले प्यालेस्टाइनका लागि खतरा रहेको बताएको छ।

टाइम्स अफ इजरायलको रिपोर्टका अनुसार यस आदेशपछि इजरायलको राष्ट्रिय सुरक्षा परिषद् र विदेश मन्त्रालयले संयुक्त वक्तव्य जारी गरेको थियो।

वक्तव्यमा दक्षिणी गाजा शहरमा बसोबास गर्ने सर्वसाधारणको ज्यान जोखिममा पार्ने कारवाही इजरायलले नगरेको र आगामी दिनमा पनि नगर्ने बताएको थियो।

जेठ १२, २०८१ शनिबार ०९:१५:०२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।