कांग्रेस संसदीय दल र कार्यसमितिको बैठक बस्दै

कांग्रेस संसदीय दल र कार्यसमितिको बैठक बस्दै

काठमाडौं : नेपाली कांग्रेसले संसदीय दल र कार्यसमितिको बैठक बोलाएको छ।

बिहान साढे ८ बजे संसद् भवन परिसरमा बस्ने गरी दलको कार्यसमिति र ९ बजे दलको बैठक बोलाएको महामन्त्री गगन थापाले जानकारी दिए।

सहकारीको रकम अपचलनमा रास्वपा सभापति रवि लामिछानेविरुद्ध छानबिन समिति गठनको विषय पेचिलो बन्दै गएपछि कांग्रेसले आजको संसद बैठक पूर्व कार्यसमिति र संसदीय दलको बैठक बोलाएको हो।

बिहीबार कांग्रेसको अवरोधबीच सभामुख देवराज घिमिरेले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई बोल्न समय दिएपछि प्रतिनिधिसभा बैठकमा कांग्रेस एमाले सांसदकाबीच धकेलाधकेलको स्थिति बनेको थियो।

जसकारण सभामुखले आज बिहान ११ बजेसम्मका लागि बैठक स्थगित गरेका थिए। तर, कांग्रेसले संसदीय छानबिन समिति गठनलाई बटमलाइन बनाएर अघि बढ्ने निणर्य गरिसकेकाले माग पूरा नभएसम्म संसदको अवरोध नरोक्ने बताउदै आएको छ।

कांग्रेसले हिजोको घटनाबारे छलफल गर्न आज प्रतिनिधि सभा बस्नुपूर्व नै पार्टीको बैठक बोलाएको छ।

जेठ ४, २०८१ शुक्रबार ०८:२०:३१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।