कांग्रेसलाई गृहमन्त्री लामिछानेले भने : '...यति घिनलाग्दो मिडिया ट्रायल?'

कांग्रेसलाई गृहमन्त्री लामिछानेले भने : '...यति घिनलाग्दो मिडिया ट्रायल?'

काठमाडौं : उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले एकपटक संसदमा बोल्न पाउनुपर्ने माग गरेका छन्। 

बिहीबार दलहरूबीच सहमति नजुटेर प्रतिनिधिसभा बैठक बस्न ढिलाइ भइरहेका बेला लामिछानेले सामाजिक सञ्जालमार्फत् यस्तो माग गरेका हुन्।

‘एक पटक बोल्न पाउनुपर्यो। त्यत्ति हो मागेको। यति घिनलाग्दो मिडिया ट्रायल?’ लामिछानेले लेखेका छन्।

उनलाई बोल्न दिने विषयमा कांग्रेस सकारात्मक भए पनि सहकारी ठगी प्रकरणको छानबिनका लागि संसदीय समिति बनाउने विषयमा सहमति जुटिसकेको छैन। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे लगायतको पहलमा विभिन्न छलफलहरू भइरहे कांग्रेस आफ्नो मागबाट पछि हटेको छैन। 

जेठ ३, २०८१ बिहीबार १७:०१:४५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।