रवि लामिछानेले जीवी राईलाई अघिल्लो सरकारले भगाएको भनेपछि के भन्छ कांग्रेस?

रवि लामिछानेले जीवी राईलाई अघिल्लो सरकारले भगाएको भनेपछि के भन्छ कांग्रेस?

काठमाडौं : उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले गितेन्द्र बाबु राई (जीवी) लाई अघिल्लो सरकारले भगाएको आरोप लगाएपछि नेपाली कांग्रेसले त्यसको जवाफ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दिनुपर्ने बताएको छ। 

शनिबार कांग्रेस संसदीय दलको बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै महामन्त्री गगन थापाले गृहमन्त्रीले दिएको उक्त अभिव्यक्तिको जवाफ प्रधानमन्त्री प्रचण्डले दिनुपर्ने बताएका हुन्।

शनिबार नै गृहमन्त्री लामिछानेले सहकारी ठगी प्रकरणका मुख्य फरार आरोपी राईलाई अघिल्लो सरकारले भगाएको आरोप लगाएका थिए। त्यसबेला प्रधानमन्त्री प्रचण्ड थिए भने उपप्रधान तथा गृहमन्त्रीको रूपमा नारायणकाजी श्रेष्ठ थिए। 

महामन्त्री थापा भन्छन्, 'गृहमन्त्रीले नै यसअघिको सरकारले जीवी राईलाई भगाएको आरोप लगाउनु भएको छ। योभन्दा अगाडि प्रचण्डकै नेतृत्वमा सरकार थियो।' 

बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी र पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलन गरी राई फरार भएका छन्। उनी विरुद्ध रेड नोटिस समेत जारी भएको छ। 

फरार राई मलेशियामा रहेको बताइएको छ। 

वैशाख २९, २०८१ शनिबार १४:५७:०३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।