युक्रेनको दाबी : युक्रेनी भूमी कब्जा गर्ने रुसको कोसिस असफल

युक्रेनको दाबी : युक्रेनी भूमी कब्जा गर्ने रुसको कोसिस असफल

एजेन्सी : उत्तरपूर्वी खार्किभस्थित युक्रेनी भूमी कब्जा गर्न रुस असफल भएको युक्रेनले दाबी गरेको छ।

रुसले खार्किभको उत्तर-पूर्वी क्षेत्रबाट सीमा पार गर्न खोजेको तर एक मिटर जमिन कब्जा गर्न नदिइएको युक्रेनी अधिकारीले बताएका छन्।

ती अधिकारीले भने, ‘रुसले सीमामा आक्रमण बढाएको छ, तर उसँग युक्रेनको दोस्रो सहर कब्जा गर्ने क्षमता छैन।’

रुसले बेलगोरोड क्षेत्रबाट युक्रेनतर्फ आक्रमण गरिरहेको छ र १० मिटर बफर जोन बनाउन खोजिरहेको युक्रेनी रिपोर्टले दाबी गरेको छ।

युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले रुसी सेना युक्रेनी सैनिकसँग लडिरहेको बताएका छन्। युक्रेनले हालै अमेरिकाबाट ६१ अर्ब डलर बराबरको सैन्य सहायता पनि प्राप्त गरेको छ।

बेलायतले युक्रेनलाई युद्ध जारी रहँदासम्म हरेक वर्ष करिब चार अर्ब डलर बराबरको सैन्य सहायता दिने घोषणा गरेको छ।

वैशाख २९, २०८१ शनिबार १०:४३:१२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।