प्यालेस्टाइनलाई सदस्यता दिने पक्षमा राष्ट्रसंघको महासभामा १४३ मत, अमेरिकाले भिटो लगाउन सक्ने

प्यालेस्टाइनलाई सदस्यता दिने पक्षमा राष्ट्रसंघको महासभामा १४३ मत, अमेरिकाले भिटो लगाउन सक्ने

एजेन्सी : संयुक्त राष्ट्र संघको महासभाले प्यालेस्टाइनको सदस्यतालाई समर्थन गरेको छ।

संयुक्त राष्ट्र संघको महासभाले प्यालेस्टाइनको पूर्ण सदस्यतालाई भारी बहुमतले समर्थन गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

उक्त प्रस्तावको समर्थनको पक्षमा १४३ देशले मतदान गरेका छन् भने ९ देशले विपक्षमा मतदान गरेका छन्।

विपक्षमा मतदान गर्ने देशहरूमा अमेरिका र इजरायल छन्। अमेरिकाले गत महिना संयुक्त राष्ट्र सुरक्षा परिषदमा यस्तै प्रस्तावलाई भिटो गरेको थियो।

संयुक्त राष्ट्र संघको सदस्यता सम्बन्धी निर्णय सुरक्षा परिषद्ले मात्र लिन्छ।अमेरिकाले प्यालेस्टाइनको सदस्यता प्रस्तावलाई फेरि भिटो गर्ने आशंक गरिएको छ।

तर, शुक्रबारको महासभामा प्राप्त भएको समर्थनलाई विश्वमा प्यालेस्टिनीलाई बढ्दो समर्थनका रूपमा हेरिएको छ।

हाल प्यालेस्टिनी भू-भाग संयुक्त राष्ट्र संघको सदस्य राष्ट्र होइन, तर पर्यवेक्षक राष्ट्र हो।

इजरायली विदेशमन्त्रीले संयुक्त राष्ट्र संघको महासभाको निर्णयलाई ‘बेतुका निर्णय’ भनेका छन्।

वैशाख २९, २०८१ शनिबार ०७:२६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।