कांग्रेसको निर्णय : रवि लामिछानेलाई बोल्न दिने तर छानबिन समिति नबनेसम्म संसद् अवरुद्ध गर्ने

कांग्रेसको निर्णय : रवि लामिछानेलाई बोल्न दिने तर छानबिन समिति नबनेसम्म संसद् अवरुद्ध गर्ने

काठमाडौं : नेपाली कांग्रेसले उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेलाई संसदमा बाेल्न दिने भएको छ।

शुक्रबार नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा बसेको नेपाली कांग्रेस संसदीय दलको बैठकले यस्तो निर्णय गरेको बैठकमा सहभागी एक नेताले बताए।

संसद्को बजेट अधिवेशन आजदेखि सुरू हुँदैछ।

तीन नेताका अनुसार अधिवेशनको पहिलो बैठकमा लामिछानेलाई उपप्रधानमन्त्री एवं गृहमन्त्रीको हैसियतमा नभएर पार्टीको सभापतिको रूपमा बाेल्न दिने निर्णय गरेको हो।

सहकारी ठगी प्रकरणमा संसदीय छानबिन गर्नुपर्ने माग गर्दै आएको कांग्रेसले अघिल्लो अधिवेशनमा लामिछानेलाई रोष्ट्रम प्रयोगमा रोकेको थियो।

यस्तै, बैठकले सहकारीको रकम हिनामिना प्रकरणको छानबिनका लागि संसदीय समिति नबनेसम्म सदनको कामकारबाही अघि बढ्न नदिने निर्णय गरेको छ।

बजेट अधिवेशनको पहिलो दिन आज प्रतिनिधिसभामा शीर्ष नेताहरूलाई सम्बोधन गर्न दिने सम्भावित कार्यसूची छ।

२८ बैशाख, २०८१, ११:०३:३५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।