इजरायली सेनाद्वारा रफाह शहरबाट मानिसहरूलाई बाहिर निकाल्ने प्रक्रिया सुरू

इजरायली सेनाद्वारा रफाह शहरबाट मानिसहरूलाई बाहिर निकाल्ने प्रक्रिया सुरू

एजेन्सी : इजरायली सेनाले दक्षिणी गाजाको रफाह शहरबाट मानिसहरूलाई बाहिर निकाल्ने प्रक्रिया सुरु गरेको छ।

रफाह शहरमा १० लाखभन्दा बढी प्यालेस्टिनीहरूले शरण लिएका छन्।

इजरायली सीमा नजिक पूर्वी क्षेत्रमा बसोबास गर्ने मानिसहरूलाई खान युनिस र अल-मवासी जान भनिएको छ।

इजरायली सेनाले त्यहाँ टेन्ट, खाना, पानी र औषधिको सुविधा उपलब्ध गराइने दाबी समेत गरेको छ।

इजरायलका प्रधानमन्त्री नेतन्याहुले हमासलाई पराजित गर्न रफाहमा आक्रमण जरुरी रहेको बताए।

धेरै मानवअधिकार संगठनहरूले रफाहमा आक्रमण नगर्न इजरायललाई अपील गरेका छन्।

मानवअधिकार संगठनहरूले इजरायलले रफाहमा आक्रमण गरे हजारौं प्यालेस्टाइनीको मृत्यु हुन सक्ने डर व्यक्त गरेका छन्।

२४ बैशाख, २०८१, १३:००:२८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।