शिशु मृत्युदर ह्वात्तै घट्यो

शिशु मृत्युदर ह्वात्तै घट्यो

काठमाडौँ : राष्ट्रिय तथ्याङ्क कार्यालयले निकालेको प्रतिवेदन अनुसार  नेपालमा शिशु मृत्युदर घटेको छ। राष्ट्रिय जनगणना २०७८ लाई आधार मानिएको सो विवरणमा २०६८ को तुलनामा आधा भन्दा बढी शिशु मृत्यु दर घटेको उल्लेख छ।

प्रतिवेदन अनुसार प्रति हजार जीवित जन्मेका शिशुमा वर्षेनी १७ जनाको मात्रै मृत्यु हुने गरेको हो। जबकि २०६८ सालमा ४० जना शिशुको मृत्यु हुने गरेको देखिएको थियो।

छोराको भन्दा छोरीको धेरै मृत्यु 

बाल मृत्युदरमा छोराको भन्दा छोरीको धेरै मृत्यु छोरा बच्चाको तुलनामा छोरीको बाल मृत्युदर धेरै देखिएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले निकालेको तथ्याङ्क विश्लेषण अनुसार प्रत्येक वर्ष प्रति हजार बाल मृत्युदरमा छोराको छ ५ दशमलव ६ को मृत्यु हुँदा छोरी बच्चाको ५ दशमलव ९ छोरी बच्चाको मृत्यु हुने गरेको उल्लेख गरेको छ। राष्ट्रिय जनगणना २०७८ लाई आधार मानेर यो विश्लेषण गरिएको हो ।

२३ बैशाख, २०८१, १६:००:०१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।