डेनमार्कमा १५ वर्षका किशोरीले गर्भपतन गर्दा अभिभावकको सहमति लिनु नपर्ने

डेनमार्कमा १५ वर्षका किशोरीले गर्भपतन गर्दा अभिभावकको सहमति लिनु नपर्ने

काठमाडौं : डेनमार्कमा गर्भपतन सम्बन्धी कानून खुकुलो बनाइएको छ। ५० वर्षअघिको कानूनमा संशोधन गरी शुक्रबारबाट नयाँ कानून लागु गरिएको हो।

नयाँ कानूनअनुसार अब डेनमार्कका महिलाहरूले १८ हप्तासम्मको गर्भपतन गराउन पाउने छन्।

यसैगरी आमाबाबुको सहमति विना १५ देखि १७ वर्षका किशोरीहरूलाई गर्भपतन गर्न अनुमति दिने कानून पनि परि कानून पनि परिवर्तन गर्ने तयारी सरकारले गरेको छ।

देशका लैङ्गिक समानता मन्त्री मारी बेजेरेले डेनमार्कले विश्वका अन्य भागमा महिला अधिकारलाई सुदृढ गर्दै जाँदा महिला अधिकारलाई बलियो बनाएको बताइन्।

उनले महिलाको व्यक्तिगत स्वतन्त्रता उनको शरीर र उनको जीवनको बारेमा निर्णय गर्ने अधिकार रहेको बताउँदै महिला समानताको ऐतिहासिक दिनको रुपमा व्याख्या गरिन्।

स्वास्थ्य मन्त्रालयका अनुसार डेनमार्कमा सन् १९७३ मा निःशुल्क गर्भपतन शुरू गरिएको थियो।

डेनमार्कमा १५ वर्षसम्मका किशोरीहरूले गर्भपात गर्नुअघि आमाबाबुको सहमति लिन आवश्यक छ।

तर १५ वर्षभन्दा माथिका केटीहरूलाई आफ्नो शरीरको बारेमा आफ्नै निर्णय गर्ने अधिकार छ।  यो गर्भपतन सम्बन्धी कानून जुन १, २०२५ देखि लागू हुने सम्भावना छ।

२२ बैशाख, २०८१, १२:४८:४३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।