चार महिनासम्म जेलमा रहेका इजरायलको जेलमा प्यालेस्टिनी डाक्टरको मृत्यु

चार महिनासम्म जेलमा रहेका इजरायलको जेलमा प्यालेस्टिनी डाक्टरको मृत्यु

एजेन्सी :  करिब चार महिनासम्म इजरायलको जेलमा थुनिएका प्यालेस्टिनी डाक्टरको मृत्यु भएको छ।

अल शिफा अस्पतालको शल्यक्रिया विभागमा कार्यरत ५० वर्षीय डा. अदनान अल-बुर्सको मृत्यु भएको प्यालेस्टिनी बन्दी संघले जनाएको छ।

इजरायली जेल सेवाले अप्रिल १९ मा एक विज्ञप्ति जारी गरी राष्ट्रिय सुरक्षा कारणले हिरासतमा राखिएका कैदीको मृत्यु भएको पुष्टि गरेको थियो।

इजरायली जेल सेवाले यस विषयमा थप जानकारी दिएको छैन र यस विषयमा अनुसन्धान भइरहेको जनाएको छ।

प्यालेस्टिनियन प्रिजनर्स एसोसिएसनले एक विज्ञप्ति जारी गर्दै डा. अल-बुर्सको मृत्यु ‘हत्या’ भएको र उनको शव अझै इजरायलको हिरासतमा रहेको बताएको छ।

पछिल्ला केही महिनाहरूमा इजरायली सेनाले अल शिफा अस्पतालमा धेरै पटक छापा मारेको थियो, जहाँका प्रमुख डा. अदनान अल-बुर्स थिए।

इजरायली सेनाले डा. अल-बुर्सलाई उत्तरी गाजाको अल अवदा अस्पतालमा अस्थायी रूपमा काम गरिरहेको बेला हिरासतमा लिएको थियो।

गाजामा हमासविरुद्ध इजरायलको आक्रमणका कारण ३४ हजारभन्दा बढी प्यालेस्टिनीले ज्यान गुमाएका छन्।

२२ बैशाख, २०८१, ०८:५८:०५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।