कोलम्बिया विश्वविद्यालयमा प्यालेस्टिनीहरूको समर्थनमा प्रदर्शन, एक सयभन्दा बढी विद्यार्थी पक्राउ

कोलम्बिया विश्वविद्यालयमा प्यालेस्टिनीहरूको समर्थनमा प्रदर्शन, एक सयभन्दा बढी विद्यार्थी पक्राउ

एजेन्सी : अमेरिकाको न्यूयोर्कस्थित कोलम्बिया विश्वविद्यालयको क्याम्पसबाट १ सय भन्दा बढी प्रदर्शनकारी पक्राउ गरिएको छ।

विगत केही दिनदेखि गाजा युद्धलाई लिएर प्यालेस्टिनीहरूको समर्थनमा अमेरिकाको कोलम्बिया विश्वविद्यालयमा भइरहेको प्रदर्शनमा सहभागी १ सय भन्दा बढीलाई पक्राउ गरिएको न्युयोर्क प्रहरीले जनाएको छ।

यहाँका विद्यार्थीले क्याम्पसस्थित ह्यामिल्टन हललाई कब्जामा लिएको बीबीसीले जनाएको छ। त्यसपछि न्युयोर्क पुलिस क्याम्पसमा प्रवेश गरेको थियो।

टिभीमा देखा परेको फुटेजमा प्रहरीहरू क्रेन र ठूला सिँढीहरू प्रयोग गरेर भवनभित्र प्रवेश गरेको देखिन्छ।

प्रदर्शनमा संलग्न मुख्य विद्यार्थी समूह मध्येको एक ‘कोलम्बिया स्टुडेन्ट्स फर जस्टिस इन प्यालेस्टाइन’ले केही समयअघि सामाजिक सञ्जालमा ‘सामुहिक गिरफ्तारीको अपेक्षा गरिएको छ’ भनेर लेखेको थियो।

यो समूहले विद्यार्थीलाई सहयोग गर्न जनतालाई आग्रह गरेको छ।

१९ बैशाख, २०८१, १०:१८:४६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।