बिस्तारै सुधारोन्मुख लयमा सेयर बजार, कारोबारमा पनि सुधार

बिस्तारै सुधारोन्मुख लयमा सेयर बजार, कारोबारमा पनि सुधार

काठमाडौं : सेयर बजार कारोबारमा सामान्य सुधार देखिएको छ। साताको पहिलो दिनका तुलनामा कारोबार रकम बढेको छ। सोमबार बजार परिसूचक नेप्से ०.०७ अंकले बढ्दै १९८०.३४ को विन्दुमा रह्यो। 

७३ लाख ४१ हजार १७७ कित्ता सेयर २ अर्ब ९५ करोड ९४ लाख रुपैयाँमा किनबेच भएको छ। बजार परिसूचक १४.३३ अंकले बढ्दै १९८०.२७ विन्दुमा पुग्दा कारोबार रकम २ अर्ब ६८ करोड २५ लाख रुपैया थियो। 

बजार परिसूचक माथि उचाल्न एक्लै फाइनान्स उप-समूह ४.१७ प्रतिशतले बढ्दा बल मिलेको हो। विकास बैंक उप-समूह १.६६ प्रतिशतले बढेको छ। वाणिज्य बैंक, म्युचुअल फण्ड पनि बढेको छ। १३ मध्ये ९ उप-समूह घटेका छन्।  

आइतबार पनि फाइनान्स उप-समूह ३.९८ प्रतिशतले बढेको थियो। सेयर मूल्य बढ्ने र कारोबार उल्लेख्य हुनेमा फाइनान्स कम्पनी नै अघि आएका छन्। 

९९ कम्पनीको सेयर मूल्य बढेको छ भने १२८ को घटेको छ। १७ कम्पनीको सेयर मूल्य स्थिर रह्यो।

सेयर मूल्य बढ्ने र सर्वाधिक कारोबार हुनेमा दोस्रो दिन पनि पोखरा फाइनान्स सबैभन्दा अगाडि रह्यो। उक्त कम्पनीको सेयर मूल्य बढेर सकारात्मक सर्किट लागेको छ। सेयर कारोबार १७ करोड ५४ लाख रुपैयाँको भएको छ। यस्तै, जानकी फाइनान्सको सेयर मूल्य पनि बढेर सर्किट लागेको छ भने नेपाल फाइनान्सको सेयरमा पनि सर्किट स्तरको बढोत्तरी छ। 

यस्तै, नेपाल फाइनान्सको १४ करोड ७० लाख र जानकी फाइनान्सको ९ करोड ३२ लाख रुपैयाँको सेयर कारोबार भएको छ। 
आज सेयर मूल्य घटेर लगानीकर्ता नोक्सानमा परेका शीर्ष ५ कम्पनीमा पिपुल्स पावर, इस्टर्न हाइड्रोपावर, मेन्छियम हाइड्रोपावर, चिरख्वा हाइड्रोपावर र नेको इन्स्योरेन्स छन्।  

१७ बैशाख, २०८१, १५:५१:२१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।