वात्सल्य नेचुरल आईभीएफले एकै महिनामा १२९ दम्पतिलाई दियो सन्तान सुख

वात्सल्य नेचुरल आईभीएफले एकै महिनामा १२९ दम्पतिलाई दियो सन्तान सुख

काठमाडौं : आफूलाई नेपालको नम्बर १ आईभीएफ दाबी गर्दै आएकाे वात्सल्य नेचुरलले एक महिना १२९ दम्पतिलाई सन्तान सुख दिएको छ।

वात्सल्य नेचुरलले आईभीएफ र आइयुआइको माध्यमबाट सन्तान प्राप्तिको सेवा दिँदै आएको छ। यसैक्रममा वात्सल्य नेचुरलले पछिल्लो एक महिनामा १२९ दम्पतिलाई सन्तान सुख दिन सफल भएको एमब्रियोलोजी ल्याब डाइरेक्टर सुरेश यादवले जानकारी दिए।

वात्सल्य नेचुरलमा पछिल्लो तीन महिनामा आईभीएफको औसत सफलता ७०. ८८ प्रतिशत रहेको उनले बताए। जबकी विश्वव्यापी रुपमा आईभीएफको औसत सफलता ३० देखि ६० प्रतिशतको आसपास रहेको बताइन्छ।

पछिल्लो तीन महिनामा वात्सल्य नेचुरलले ३६८ जना दम्पतिलाई सन्तान सुख दिएको यादवले बताए। उनका अनुसार लामो समयसम्म प्राकृतिक किसिमले सन्तान प्राप्त नभएमा एसिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी (एआरटी)को मध्यमबाट सन्तान प्राप्त गर्न सकिने र वात्सल्यले सोहि सेवा दिइरहेको छ।

एआरटी टेक्नोलोजीलाई सामान्य भाषामा बुझ्दा प्रविधिको मध्यमबाट सन्तानप्राप्तिको बाटो सरल बनाउनु हो भनेर बुझ्न सकिन्छ। यस अन्तर्गत आइयुआई र आईभीएफ प्रविधि अपनाउन सकिन्छ।

आइयुआई अन्तर्गत महिलामा कुनै गडबडी नभएमा पुरुषको शुक्रकिटलाई वाश गरेर महिलाको गर्भनलीमा हालिन्छ र त्यो विस्तारै विकसित हुँदै जान्छ।

त्यस्तै आईभीएफमा पुरुष र महिलाबाट निकालिएको शुक्रकिट र डिम्बलाई राम्ररी छनोट र विकास गरी बाह्यरुपमा निषेचन गरिन्छ र त्यसलाई महिलाको पाठेघरमा स्थानान्तरण गरिन्छ। यसले गर्दा गर्भनली बन्द भएको वा कुनै प्रजनन् अङ्गमा समस्या भएको महिलाले पनि सन्तान पाउन सक्छन्।

वात्सल्य नेचुरलले अहिलेसम्म आइयुआई प्रविधिबाट २००० र आईभीएफ प्रविधिबाट ४०००  दम्पतिलाई सन्तान सुख दिइसकेको यादवले बताए।

त्यसैगरी वात्सल्य नेचुरलले काठमाडौंसहित नेपालगन्ज, पोखरा, चितवन, विराटनगर र बुटवलमा पनि पूर्ण सुविधासहित सेवा विस्तार गर्न लागेको प्रबन्ध निर्देशक प्रशान्त सुवेदीले बताए।

१७ बैशाख, २०८१, ०९:४९:२२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।