भारत, चीन र बंगलादेश जानेहरूलाई सधैं अन बस्न एनसेलको डेटा रोमिङ

भारत, चीन र बंगलादेश जानेहरूलाई सधैं अन बस्न एनसेलको डेटा रोमिङ

काठमाडौं : एनसेलले आकर्षक बोर्डर रोमिङ प्याक ल्याएको छ। प्याकले ग्राहकहरूलाई भारत, चीन र बंगलादेशको भ्रमणमा जाँदा सुलभ दरमा सहजै सधैं अन बसेरमा सम्पर्कमा रही रहन मद्दत गर्ने बताइएको छ। 

प्याक सुचारु गर्ने बित्तिकै डाटा प्रयोग सम्पर्कमा रहनका लागि तत्कालै ५०० एमबी बोनस डेटा प्राप्त गर्न सकिने छ। 

ग्राहकले यो प्याक कर सहित १०० रुपैयाँमा सुचारु गरी ३ दिनका लागि बोनस डेटा र रोमिङ सेवा लिन सक्ने छन्।

यो प्याक ग्राहकले एष्ट्रिक्स१७१२९एष्ट्रिक्स५ह्यास डायल गरि लिन सक्छन्। त्यसैगरी यो प्याक अन्य माध्यम जस्तै एनसेल एप, एनसेलको वेबसाइट र डिजिटल माध्यममार्फत पनि सुचारु गर्न सकिन्छ। 

भ्रमणमा जाने ग्राहकहरूले आफ्नो संचार आवश्यकता अनुसार जति पटक पनि यो प्याक किन्न सक्ने एनसेलले जनाएको छ। 

१५ बैशाख, २०८१, २०:०७:३९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।