सानिमा बैंकद्वारा १० लाखको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा १० लाखको दुर्घटना बीमा रकम हस्तान्तरण

काठमाडौं : सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १० लाखको दुर्घटना बीमा दाबी रकम हस्तान्तरण गरेको छ। यस बैंकका खातावाला राजेन्द्र पिठाकोटीको दुर्घटना भई मृत्यु भएपछि बीमा रकम हस्तान्तरण गरिएको हो। 

बैंकको तर्फबाट हेटौंडा शाखाका शाखा प्रबन्धक रोशन मल्ल र बीमा प्रदायक कम्पनी सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडको तर्फबाट हेटौंडा शाखाका शाखा प्रबन्धक मुना पौडेलले संयुक्त रुपमा बीमा रकम हस्तान्तरण गरेका हुन्। 

दुर्घटनाका कारण मृत्यु भएका पिठाकोटीले सानिमा बैंकको हेटौंडा शाखामा सानिमा सुपर सेभिङ खाता खोलेका थिए।

बैंकले सानिमा सुपर सेभिङ खाता अन्तर्गत १० लाखको दुर्घटना बीमा, १० हजारसम्मको ओपिडि भुक्तानी शुल्क सहितको  ५० हजारसम्मको औषधी उपचार बीमा र ५ हजारको वार्षिक स्वास्थ्य परीक्षण सुविधाका साथै अन्य थुप्रै सेवाहरुमा छुट प्रदान गर्दै आइरहेको जनाएको छ। 

१५ बैशाख, २०८१, १५:५४:३९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।