‘ठुल्दिदी’ सिरिज निर्माण गर्दै प्रज्ञा

‘ठुल्दिदी’ सिरिज निर्माण गर्दै प्रज्ञा

काठमाडौं : लामो समयदेखि फिल्म तथा टेलिफिल्म निर्माण गर्दै आएकी प्रज्ञा जोशीले सिरिज निर्माण थालेकी छन्।

प्रज्ञा फिल्मस्को प्रस्तुतिमा नयाँ टेलिभिजन सिरिज ‘ठुल्दिदी’ शुक्रबार मुहुर्तसँगै छायांकन थालिएको हो।

अघिल्ला फिल्म तथा टेलिफिल्ममा लगानी गर्दै आएकी प्रज्ञा यस सिरिजलाई आफै निर्देशन गर्दैछिन्।

उनको निर्देशनमा विष्णु रिजाल, माधव खनाल, आमिश्का बुढाथोकी, विमल धमला र विनयराज पौडेलको अभिनय गर्दैछन्।

सिरिजलाई लय संग्रौलाले लेखेका हुन्। यस सिरिजको गीतमा उनकै लेखन रहेको छ भने संगीत विकास चौधरीको रहने निर्देशक जोशीले बताइन्। सिरिजमा प्रिया नगरकोटीको श्रृंगार, विमल धमलाको प्रोडक्सन र मदनकश्यप घिमिरेले छायांकन गर्दैछन्।

यसअघि प्रज्ञाले फिल्म ‘सम्झना’, ‘नोटबुक’, ‘सपुत’, ‘न बिर्से तिमीलाई’ लगायतका फिल्म निर्माण गरेकी थिइन्। टेलिफिल्मको कुरा गर्ने हो भने ‘सिन्दुर’ लगायत रहेका छन्।

लामो समयदेखि फिल्म र टेलिफिल्ममा अभिनय तथा निर्माण गर्दाको अनुभवलाई आफूले सिरिजमार्फत निर्देशनमा आएको उनले बताइन्।

१५ बैशाख, २०८१, १३:११:४१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।