फेसबुकमा अश्लिल सामग्री राखेको विषयमा अनुसन्धानका लागि बोलाउँदा २० ट्याबलेट सिटामोल निलेपछि...

फेसबुकमा अश्लिल सामग्री राखेको विषयमा अनुसन्धानका लागि बोलाउँदा २० ट्याबलेट सिटामोल निलेपछि...

काठमाडौं : बिहीबार विहानदेखि सामाजिक सञ्जालमा एक भिडियो भाइरल छ। भिडियोमा गृहमन्त्रीको फेसबुक पेजमा ‘सहकारी ठग’ भनेर कमेन्ट गरेपछि आफूलाई ब्यूरोका अनुसन्धान अधिकृतहरूले जेल हाल्ने धम्की दिएको भनिएको छ।

यो भिडियो हो जाजरकोट घर भई हाल कीर्तिपुर बस्दै आएका २७ वर्षीय गणेशमान सिंहको। सिंहले अस्पतालको शय्याबाट साइबर ब्यूरोले जेल हाल्ने धम्की दिएको भन्दै भिडियो सार्वजनिक गरेपछि ब्यूरोले त्यसको खण्डन गर्दै विज्ञप्ति निकालेको छ।

विज्ञप्तिमा ऋषिराज झा नामक फेसबुक पेजबाट अश्लिल सामग्री राखिएपछि त्यसको अनुसन्धान गर्नेक्रममा सो पेज सिंहले चलाउने गरेको उल्लेख छ। सोही विषयमा अनुसन्धानका लागि सिंहलाई बोलाइएकोमा उनले त्यसअघि नै २० ट्याबलेट सिटामोल खाएर आएको विज्ञप्तिमा उल्लेख छ।

सिंहको साथीले सिटामोट खाएर आएको जानकारी दिएपछि उनलाई तत्काल वीर अस्पताल लगिएको साइबर ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक भाग्येन्द्र पुरुष ढकालले जानकारी दिए।

उनका अनुसार अस्पतालमा उपचाररत सिंहले शय्याबाटै भ्रमपूर्ण भिडियो सार्वजनिक गरेको र आफूमाथि भइरहेको अनुसन्धानको समेत बाधा पुर्याएका छन्। प्रहरीले सिंहले फेसबुकमा पोष्ट गरेको भिडियोमा कुनै सत्यता नभएको भन्दै प्रचारप्रसार नगर्न आग्रहर गरेको छ।

१३ बैशाख, २०८१, १२:५५:३६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।