भ्रष्टाचारको मुद्दा खेपिरहेको बेला सांसद निर्वाचित, सर्वोच्चको आदेशपछि गुरुङको निलम्बन फुकुवा

भ्रष्टाचारको मुद्दा खेपिरहेको बेला सांसद निर्वाचित, सर्वोच्चको आदेशपछि गुरुङको निलम्बन फुकुवा

काठमाडौं : नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा भएको छ। 

गुरुङले सर्वोच्च अदालतमा निलम्बन फुकुवा गर्न माग गरी रिट दायर गरेका थिए। सोही बमोजिम सर्वोच्चले गुरुङलाई निलम्बन गर्ने सम्बन्धी संसद् सचिवालयको सूचना बदर गर्ने आदेश दिएपछि उनको निलम्बन फुकुवा भएको हो। 

भ्रष्टाचार मुद्दा खेपिरहेकै बेला गुरुङ ०७९ को निर्वाचनमा मनाङबाट निर्वाचित भएका थिए। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पत्रानुसार संसद् सचिवालयले ०७९ पुस १२ गते उनी निलम्बन भएको सूचना प्रकाशित गरेको थियो। 

सर्वोच्चले सो निलम्बनसम्बन्धी सूचना बदर गर्न आदेश दिएको हो। संघीय संसदमा महासचिव पद्म प्रसाद पाण्डेयले बुधबार सूचना जारी गर्दै सर्वोच्चको आदेशअनुसार निलम्बन फुकुवा गरेको जानकारी गराएका छन्। 

 

१२ बैशाख, २०८१, १९:४१:३२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।