२२ घण्टे नेपाल भ्रमण सकेर स्वदेश फर्किए कतारी राजा थानी

२२ घण्टे नेपाल भ्रमण सकेर स्वदेश फर्किए कतारी राजा थानी

काठमाडौं : करिब २२ घण्टाको नेपाल भ्रमण सकेर कतारका अमिर शेख तमिम बिन हमाद अल थानी स्वदेश फर्किएका छन्।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आयोजना गरेको दिवाभोजको कार्यक्रम सकेर उनी स्वदेश फर्किएका हुन्। उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले विदाई गरेका थिए।

प्रधानमन्त्री दाहाल र कतारी राजाबीच होटल सोल्टीमा आजै द्विपक्षीय प्रतिनिधिमण्डलस्तरीय वार्ता भएको थियो। वार्तामा विभिन्न आठ विषयमा द्विपक्षीय सम्झौता र समझदारीपत्रमा हस्ताक्षर भएको थियो।

कतारका अमिर अल थानी राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा वैशाख ११ गते अपराह्न यहाँ आएका थिए। कतारी अमिरले मङ्गलबार नै राष्ट्रपति पौडेलसँग शीतल निवासमा भेटवार्ता गरेका थिए।

राष्ट्रपति पौडेलले उहाँको सम्मानमा सोही साँझ राजकीय भोजको आयोजना गरेका थिए। मध्यपूर्व एसियाबाट नेपालमा पहिलो पटक यो उच्चस्तरको भ्रमण भएको हो।

१२ बैशाख, २०८१, १३:२८:२० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।