नेपाल लाइफले ल्यायो नेपाल लाइफ केटाकेटी सुनौलो भविष्य जीवन बीमा योजना

नेपाल लाइफले ल्यायो नेपाल लाइफ केटाकेटी सुनौलो भविष्य जीवन बीमा योजना

काठमाडौं : नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपाल लाइफ केटाकेटी सुनौलो भविष्य जीवन बीमा योजना सार्वजनिक गरेको छ। 

मंगलबार कम्पनीको प्रधान कार्यालय कमलादीमा आयोजित एक समारोहकाबीच कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले अनावरण गर्दै उक्त योजना सार्वजनिक गरिएको हो। 

यो योजना मार्फत आमाबाबुले आफ्नो बच्चाको सुनौलो भविष्य, गुणस्तरीय शिक्षा सुरक्षित छ भनी सुनिश्चित गर्न सक्ने र शैक्षिक खर्चदेखि लिएर बलियो आर्थिक सुरक्षा यस बीमा योजनाले प्रदान गर्ने कम्पनीले जनाएको छ। 

'सुनिश्चित शिक्षा , सुरक्षित भविष्य' भन्ने नाराका साथ सार्वजनिक गरिएको यो योजना बालबालिका सम्बन्धी सावधिक जीवन बीमा हो। कम्पनीका अनुसार यसमा बीमित बालबालिकाको प्रवेश उमेर १ महिना देखि १७ वर्ष सम्म रहने र प्रस्तावकको उमेर २१ वर्ष देखि ६५ वर्ष सम्म रहने छ। न्यूनतम् बीमा शुल्क भुक्तानी अवधि ५ वर्ष देखि अधिकतम २५ वर्ष सम्म हुनेछ। 

यो योजनाको न्यूनतम् बीमाङ्क रकम २५ हजार तथा अधिकतम बीमाङ्क रकम आयस्रोतको आधारमा निर्धारण गर्न सकिनेछ। 

यस योजनामा प्रस्तावकको बीमा प्रारम्भ भएको मिति देखि जोखिम प्रारम्भ हुनेछ भने बालबालिकाको बीमा प्रारम्भ भएको मितिले २ वर्ष पछि वा बच्चाको उमेर पाँच वर्ष पूरा भए पछिको बीमालेखको वार्षिकोत्सव वा जुन अगाडि आउँछ सोही देखि जोखिम प्रारम्भ हुने कम्पनीले जनाएको  छ। 

११ बैशाख, २०८१, २०:५६:२५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।