गाँजा तस्करलाई समात्न गएका प्रहरी आफैले बोकेको बन्दुक हराएपछि फर्किए

गाँजा तस्करलाई समात्न गएका प्रहरी आफैले बोकेको बन्दुक हराएपछि फर्किए
फाइल

काठमाडौं : बारामा प्रहरीले बोकेको एक थान आधुनिक पेस्तोल हराएको छ।

सोमबार राति अपरेसनमा क्रममा इलाका प्रहरी कार्यालय अमलेखगञ्जका इन्चार्ज वरिष्ठ सई पुज्य बिसीले बोकेको पेस्तोल (बन्दुक) हराएको हो।

लागूऔषध अपरेसनमा पुज्य बिसीसहितको टोली खटिएको थियो। सोही समयमा पेस्तोल हराएको जिल्ला प्रहरी कार्यालय बाराका एसपी महेन्द्र खड्काले जानकारी दिए।

'रातिको ड्युटीमा जाँदा कतै मिसिङ भएको हो। झगडा तथा अन्य कुनै कारणले हराएको होइन,' उनले भने, 'उक्त पेस्तोलमा एउटा म्यागेजिन थियो।'

 अहिले गाँजा तस्करलाई समात्न जाने क्रममा हराएको बन्दुक खोजिरहेको प्रहरीले जनाएको छ।

११ बैशाख, २०८१, १६:४७:२६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।