सूर्यज्योतिले मनायो आफ्नो १६ औं वार्षिकोत्सव

सूर्यज्योतिले मनायो आफ्नो १६ औं वार्षिकोत्सव

काठमाडौं : सूर्यज्योति लाइफ इन्स्योरेन्सले मर्जरको एक वर्ष पुरा गरि देशैभरि रहेका सम्पूर्ण शाखाहरूमा केक काटेर हर्षोल्लासका साथ १६ औं वार्षिकोत्सव मनाएको छ। 

सूर्य लाइफ इन्स्योरेन्स र ज्योति लाईफ इन्स्योरेन्सबीच मर्जर भई बनेको सूर्यज्योति लाइफ इन्स्योरेन्सले २०७९ पौष ७ गते आफ्नो संयुक्त कारोबार सुरू गरेको थियो। 
 
सोही अवसरमा प्रमुख कार्यकारी अधिकृत प्रकाश विक्रम खत्रीले कम्पनीलाई १६ वर्षदेखि निरन्तर सफलता प्राप्त गर्न साथ दिने सम्पूर्णमा  कृतज्ञता व्यक्त गर्दै आगामी दिनहरूमा अझै गुणस्तरीय सेवा प्रदान गर्दै प्रतिबद्धता जनाए। 

कम्पनीले नविनतम प्रविधिमैत्री तथा समय सापेक्ष सेवा पस्कँदै आएको र सर्वाधिक ३५ घातक रोगहरू विरुद्ध  ५० लाख सम्मको उपचार खर्चको आर्थिक सुरक्षा दिँदै आएको छ। जसको हाल चुक्ता पुँजी ४५४ करोड, जीवन बीमाकोष ३,२०० करोड, कुल लगानी ३,७५० करोड रहेको छ भने नेटवर्थ ७५६ करोड रहेको कम्पनीले जनाएको छ।

११ बैशाख, २०८१, १५:४८:४९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।